घुँडाको हड्डी किन खिइन्छ, कसरी गर्ने उपचार?
Oct 30 2021

घुँडाको हड्डी किन खिइन्छ, कसरी गर्ने उपचार?

घुँडाको हड्डी खिइनु भनेको घुँडा भित्रको कुरकुरे हड्डी खिइने रोग हो। यो सञ्चो नहुने रोग हो। घुँडाको हड्डी खिइएपछि आउने समस्या समाधान गर्न सकिन्छ। तर यसलाई पूर्ण निर्मुल पार्न सकिँदैन। यसका धेरै कारणहरु छन्। हड्डीभित्रको कुरकुरे हाडमा चोटपटक लाग्दा, कुनै पनि किसिमको संक्रमण भएर असर पर्दा तथा घुँडाको धेरै प्रयोग भएमा हड्डी खिइन्छ। पेशासँग सम्बन्धित जस्तै एथ्लेटिक्स खेलाडीमा यस्तो समस्या हुनसक्छ। धेरै मोटोपना भएका व्यक्ति, चुरोट खाने व्यक्ति, थाइरोइड, मधुमेहलगायतका समस्याले गर्दासमेत घुँडाको हड्डी खिइन्छ। महिलाको तुलनामा पुरूषमा घुँडा खिइने समस्या धेरै हुन्छ। महिलाको महिनावारी बन्द हुँदा केही हर्मोनका कारण खिइन्छ। त्यस्तै नेपाली समाजमा महिलाले धेरै काम गर्नुपर्ने भएकोले पनि यस्तो हुन्छ। घुँडाको हड्डी के कारणले खिइएको हो पत्ता लगाएर उपचार गर्नुपर्छ। हर्मोनको समस्याले हो भने त्यसको खोजी गर्नुपर्छ। यसको कारण खोजेर औषधि तथा फिजियोथेरापी लगायत गर्नुपर्ने हुन्छ। बसाइको तरिकासँग सम्बन्धित थेरापीसमेत उपचारको क्रममा सिकाइन्छ। औषधि र फिजियोथेरापीले सञ्चो नभए केही इन्जेक्सन लगाइन्छ। त्यस्तो गर्दा पनि ठिक भएन भने अपरेशन गर्नुपर्छ। घुँडाको जोर्नी फेरेरसमेत उपचार गरिन्छ। हड्डी खिइदा लौरो टेकेर हिँड्दा पनि धेरै सहज हुन्छ। घुँडाको हड्डी खिइने समस्याबारे हामीले वीर अस्पताल र नेपाल कार्डियो गल्फुटारमा कार्यरत अर्थोपेडिक तथा ट्रमा सर्जन डा. ज्ञानेन्द्र शाहसँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस् भिडिओ---

Latest Photos

What Others Say

Latest Videos

">